Shikhar Insurance
National Life

आइजीआई प्रुडेन्सियलले फागुन २० गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठक अनुसार फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा बिहान १० बजेदेखि आव्हान गरेको हो ।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित नाफा, नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरी पारित गर्नेछ । चालु आ.वका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैनन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले संस्थापक समूहबाट एक महिलासहित ४ जना र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, साधारण सभा प्रयोजनकाे  लागि कम्पनीले फागुन १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्