काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले सेयरधनीको खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस २५ गते सम्पन्न साधारण सभाबाट पारित भएको १०.५२६३ प्रतिशत लाभांश ( कर सहित) पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
साथै, उक्त मिति पश्चात् बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको हकमा समेत नगद लाभांश बैंक खातामा नै जम्मा हुने कम्पनीले एक सूचना मार्फत उल्लेख गरेको छ ।
पुस १६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाताको विवरण गलत भएर लाभांश प्राप्त नभएको सेयरधनीको विवरण कम्पनीको सेयर रजिष्ट्रारको वेवसाइटमा राख्यको हुदाँ आफ्नो विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्