Shikhar Insurance
National Life

नेपाल लाइफको नाफा ४२ करोड ७७ लाख, सुध्रिँदै अन्य सूचक पनि

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधीमा आफ्ना अधिकांश सूचकहरुमा उल्लेख्य मात्रामा सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा १२.९० प्रतिशतले बढेर ४२ करोड ७७ लाख ३७ हजार २ सय ७९ रुपैयाँ पुगेको छ । जबकी कम्पनीले गत आर्थिक बर्ष २०७९/८० को दोश्रो त्रैमासिक अवधीमा जम्मा ३७ करोड ८८ लाख ६७ हजार ३ सय ८६ रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको ६ महिने अवधीमा कम्पनीले आफ्नो नाफा ४ करोड ८८ लाख ६९ हजार ८ सय ९३ रुपैयाँले बढाउन सफल भएको देखिन्छ । कम्पनीको यो नाफा बीमांकीय मूल्यांकन अघिको हो ।
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन २० अर्ब ६ लाख रहेको छ, जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क १८ अर्ब ६२ करोड ७४ लाख रहेको थियो । अर्थात यो अवधीमा कम्पनीले कुल बीमा शुल्क ७.३७ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थियो । नविकरण बीमाशुल्क १६ अर्व ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६ अर्ब ९१ करोड ५ लाख खुद दावी भुक्तानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा एक खर्ब ८६ अर्ब १० करोड २१ लाख रुपैयाँ भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ ।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब एक खर्ब ५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिव १ एक खर्ब ८३ अर्व ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ । ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।

आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अवलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तता प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्