काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.०४ अंकले बढेर २०८८.८० को बिँन्दुमा बजार बन्द भएको छ । बुधबार ११३ कम्पनीका २ अर्ब ८४ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, एशियन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो । साथै, पिपुल्स पावर कम्पनी सहित १९७ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्