Shikhar Insurance
National Life

सेवा कोष तनहुँद्वारा ज्येष्ठ नागरिक र विपन्न बालबालिकालाई करिब १ लाख सम्मान

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १४:०३
Hyundai
NCELL
NIMB
डुम्रे । गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ । भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न बालबालिका र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
चार ज्येष्ठ नागरिकलाई रु छ हजारसहित सम्मान गरिएको कोषका उपाध्यक्ष परशुराम गिरीले जानकारी दिए । सत्र टोलका ३९ असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई ४१ हजार आठ सय, एक सुत्केरीलाई ८ सय, ३३ उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार विद्यार्थीलाई नगदसहित सम्मान गरिएको उनले बताए । अरनिको मावि, विद्यानिकुञ्ज मावि र सरस्वती मन्दिर माविका ३३ विद्यार्थीलाई ३३ हजार ८ सयसहित सम्मान गरिएको गिरीले बताए ।
उनका अनुसार तीन आधारभूत विद्यालयका २२ विद्यार्थीलाई १३ हजार ३ सय ८५ सहयोग गरिएको छ । उनले भने, “गञ्जविष्णु स्मृति पुरस्कार छ, कोही पनि सहारा नभएका असहाय व्यक्तिलाई उपलब्ध प्रदान गरिन्छ, प्रत्येक टोलबाट सङ्कलन गरी आएको सिफारिसमा एक जनालाई २५ हजारसहित पुरस्कृत गरिएको छ ।”कुल १ लाख २४ हजार नौ सय ५० रकम विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति तथा सुत्केरीलाई सम्मान गरिएको कोषले जनाएको छ । कोषले तनहुँका विभिन्न क्षेत्रका सामाजिक सेवामा उदाहरणीय कार्य गर्दै आएको छ । कोष विद्यार्थी, ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सहयोगमा लागिपरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्