Shikhar Insurance
National Life

कालंगा हाइड्रोको आईपिओ प्रत्याभुति सम्झौता

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार ११:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । बझाङस्थित कालंगा हाइड्रो लिमिटेड, ज्योति क्यापिटल लिमिटेड र लक्ष्मी सन्रनाइज क्यापिटल लिमिटेडबीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडको कायम जारी पूँजी १ अर्ब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात् ४९ करोड बराबरको साधारण सेयर निष्काशन गर्नका लागि ३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभुति सम्झौता गरेका हुन् ।

कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपूरस्थित रजिष्र्टड कार्यालयमा साधारण सेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फबाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्रनाइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जारी पूँजी १ अर्ब ४० करोड रहेको कालंगा हाइडो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्