Shikhar Insurance
National Life

२४ घन्टामा ५७ सय सङ्क्रमित थपिए, १९ को निधन

सिंहदरबार संवाददाता
२०७८ बैशाख १८, शनिबार १९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १४ हजार ९६९ नमूना परीक्षण गरिएकामा उक्त सङ्ख्यामा कोभिड–१९ पुष्टि भएको हो । यस्तै, उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या एक हजार २८७ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ४० हजार १०३ जना होम आइसोलेशनमा तथा संस्थागत आइसोलेशनमा तीन हजार ११० रहेका छन् । पछिल्ला २४ घण्टामा दुई हजार ४५५ महिला र तीन हजार २५१ पुरुष सङ्क्रमित भएका छन् । काठमाडौँमा एक हजार ९३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । भक्तपुरमा २०८ र ललितपुरमा ३५५ सङ्क्रमित फेला परेका छन् । यस्तै ४०१ जना आइसियुमा उपचाररत र ११० जना भेन्टिलेटरमा उपचाररत छन् । आइसियु श्ययाको कूल सङ्ख्या एक हजार २०३ र ५०८ भेन्टिलेटर छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्