Shikhar Insurance
National Life

इनरुवामा जङ्गली अर्नाको आक्रमणबाट एक युवतीको मृत्यु, अधुरै रह्यो बेहुली बन्ने सपना

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार १८:०२
Hyundai
NCELL
NIMB

इनरुवा । सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । जङ्गली अर्नाको आक्रमणबाट २१ वर्षीया रञ्जुकुमारी मुखियाको घटनास्थलमै निधन भएको हो ।

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए । पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाका परिवार मुर्छित भएका छन् । गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो ।

मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेका थिए । गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए । तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ ।

आर्थिक वर्ष २०७०र७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ । अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्