काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.४४ अंकले बढेर २०८५.७१ को बिन्दुमा बजार बन्द भएको हो ।
मंगलबार ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँको कारोबार भएको हो । मंगलबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १८१ कम्पनीको सेयर बढेको छ भने ५७ कम्पनीको घटेको छ । आज ९ कम्पनीको सेयर स्थिर रहेको छ ।
मंगलबार १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज सबैभन्दा धेरै समलिङ्गी पावर कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ६८ रुपैयाँले मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्