Shikhar Insurance
National Life

सेयर बजार पुँजीकरण ३३ खर्ब, यस्ता छन् अन्य सूचक

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार १४:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा  पुस मसान्तसम्म २७१ कम्पनीहरु सूचीकृत भएका छन् ।  नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुकाे ८ अर्ब १७ करोड कित्ता सेयरको कुल चुक्ता मूल्य ८ खर्ब ९ अर्ब ८३ करोड रुपैयाँ पुगेकाे छ ।

आर्थिक वर्ष २०८०/८१ को छ महिनामा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । गत आवकाे पुस मसान्तमा २१४९.३९ रहेको नेप्से सूचकाङ्क २०८० पुस मसान्तमा २१२०.६२ कायम भएको छ । चालु आव पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड पुगेकाे छ । २०७९ पुस मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड रहेको थियो ।

२०८० पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्