काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष शुलभ अग्रवालले सपथ ग्रहण गरेका छन् । सोमबार नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अग्रवालले सपथ लिएका हुन् ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए । अग्रवाल आइतबार सम्पन्न संचालक समितिको बैठकबाट अध्यक्ष पदमा चयन भएका थिए ।
सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेल तथा कम्पनीका नवनिर्वाचित संचालकहरु सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र कम्पनी सचिव ईश्वर कुमार सेडाईको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्