Shikhar Insurance
National Life

थापाथलीको ३ रोपनी गुठी जग्गा व्यक्तिको नाममा नामसारी

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । थापाथलीस्थित करिया गाउँमा रहेको गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गरिएको छ । लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको करिब साढे ३ रोपनी गुठी जग्गा जयपाल श्रेष्ठको नाममा नामसारी गरिएको हो ।

२०७३ साल चैत ८ मा पाँच जना न्यायाधिशको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतको २०८० मंसिर २७ गतेको निर्णयले उल्ट्याइ दिएको थियो । गुठीको जग्गा व्यक्तिको नाममा हुने गरी विवादास्पद फैसला भएको पाइएको छ । न्यायाधीश दुर्गाप्रसाद खनालको एकल इजलासले उक्त विवादित फैसला गरेको हो । उक्त गुठी संस्थान मातहत ल्याउन २०७३ मा फैसला भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्दिर र यस वरपरको जग्गा पूर्वराजा वीरेन्द्रका चालक (पाइलट) गोपाल श्रेष्ठ हुँदै हाल उनकी श्रीमती इन्दिरा श्रेष्ठ र पछि उनका छोरा जयपाल श्रेष्ठका नाममा नामसारी भएको थियो । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको थियो ।

०७६ सालमा मन्त्रिपरिषद्ले नै गुठी संस्थानलाई सो जग्गा मातहत ल्याउन आदेश दिएपछि व्यक्तिले हड्पेको जग्गा संस्थान मातहतमा ल्याउने प्रक्रिया सुरु भएको थियो । काठमाडौं महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन संस्थान लागि परेको पनि हो । अरबौंको सरकारी जग्गा सेटिगंको भरमा एकजना ब्यक्तिको नाममा पुगिसक्दा समेत गुठी संस्थान सहित सम्बन्धीत सरोकारवाला मौन छन् । सरकारले गलत गर्नेहरुको, सरकारी जग्गा किर्ते गरी हत्याउने तथा हड्प्नेहरुको फाइल धम्माधम खोलिरहेको अवस्थामा यस विषयमा पनि विशेष ध्यान खर्चनु पर्ने स्थानियले बताएका छन् । उनले भने सबैजना चुप लागेर बस्ने हो भने यो ऐतिहासि मन्दीर अब ब्यक्तिको नाममा जाने भो ।

सयौँ वर्ष पुरानो पुरातात्विक महत्वको सो मन्दिरमा हाल स्थानीयवासी प्रवेशमा रोक लगाइएको छ । जहाँ भिएस निकेतनदेखि मेरी पपिन्स हुँदै हाल त्रैविद्य शिक्षा सदन भाडामा बस्दै आएको छ । संस्थानमा राजगुठीको लगत भएको सो जग्गा मालपोत कार्यालय वीरगञ्जबाट राजीनामा पास गरी श्रेष्ठ परिवारका नाममा आएको देखिन्छ । जबकी काठमाडौंैको जग्गा वीरगञ्ज मालपोतमा राजीनामा पास हुने कुरा नै किर्ते भएको एक जना अधिबक्ताले बताए ।

पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको थियो । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुत्नुभएका नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीयवासी पूर्णलाल, अश्लेचन, लगायतका स्थानीयवासी, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुट्दै आएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्