काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.५७ अंकले बढेर २०७६.२७ को बिन्दुमा बजार बन्द भएको हो ।
सोमबार स्वाभिमान लघुवित्तको लगानिकर्ताले सवार्धिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेर प्रतिकित्ता ८ सय ३९ रुपैयाँ पुगेको छ । साथै, आज बिसाल बजार कम्पनीको ५.३६ प्रतिशत, चन्द्रगिरि हिल्सको ३.८३ प्रतिशत सहित १११ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्