Shikhar Insurance
National Life

एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाईहरू नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया ग्रोथ फन्ड–२’ सूचीकृत भएको छ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया ग्रोथ फन्ड–२’ सूचीकृत भएको हो ।

योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको छ। सम्झौताबमोजिम यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल ९ करोड ५ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सिम्बोल एनआइसिजिफ २ रहेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा भोलि मंगलबारदेखि कारोबारमा आउनेछ । यो योजनाको कोष बिक्री प्रबन्धक एनआईसी एशिया बैंक रहेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्