Shikhar Insurance
National Life

आन्तरिक राजस्व बिभागका हाकिम फेरिए, विवादास्पद मैनालीलाई हटाएर बराल बने डिजि

सिंहदरबार संवाददाता
२०८० माघ २०, शनिबार १२:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व बिभागको महानिर्देशक फेरिएका छन् । लामो समयदेखी बिभागको नेतृत्व गर्दै आएका दीर्घ राज मैनालीलाई हटाएर भुपाल बराललाई महानिर्देशक नियुक्त गरिएको हो ।

अर्थमन्त्री डा.प्रकाश शरण महतले शुक्रवार मन्त्रीस्तरीय निर्णय गर्दै जनार्दन शर्मा र बिष्णु पौडेलले समेत रुचाएका मैनालीलाई मन्त्रालय तानेर बराललाई जिम्मेवारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मैनालीलाई भने सार्वजनिक ऋण ब्यवस्थापन कार्यालय पठाईएको छ । आन्तरिक राजस्व बिभाग जानू अघि पनि मैनाली सोही कार्यालयमा थिए । मैनालीलाई केपि ओलिले राजस्व अनुसन्धान बिभागको जिम्मेवारी दिएका थिए भने जनार्दन शर्माले आन्तरिक राजस्व बिभागमा पठाएका थिए । उनी ओलि, देउवा, प्रचण्ड लगाएत सबैलाई रिझाउन सफल मानिन्छन् ।

बजेटमा करका दर हेरफेर र बैंकलाई मर्जर/एफपिओमा कर लगाउने भूत प्रभावी ब्यवस्था ल्याएपछि मैनालीको आलोचना भएको थियो । आफैंले प्रस्ताव गरे अनुसार पनि राजस्व संकलन गर्न नसकेपछि मैनालीलाई हटाउन अर्थमन्त्री माथी दवाब थियो ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सारका प्रमुख टाेकराज पाण्डे पनि तानेर मन्त्रालयको प्रशासन महासाखा प्रमुख बनाइएको छ । भन्सार बिभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई बिमानस्थल भन्सार प्रमुख बनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्