Shikhar Insurance
National Life

भारतले नेपाललाई दियो २ सय ९८ रनको चुनौती

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा भारतले नेपाललाई जितका लागि दुई सय ९८ रनको चुनौती दिएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो ।

भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे । कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले एक सय रन बनाए । त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित ९ रन बनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालका लागि गुल्शन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्