काठमाडौं । दाङको लमहीमा एकिकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको छ । नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले शुक्रबार एक हजार ४ सय ७ जनालाई माला र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
कार्यक्रममा एमाले, काँग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि तथा अन्य केहि समाजिक व्यक्तिहरु एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
निर्वाचन क्षेत्र न १ स्तरिय कार्यकर्ता भेला कार्यक्रममा पार्टीका नेता तथा सांसद मेटमणी चौधरी लगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष नेपालले विकास, समृद्धि र सुशासनको एजेण्डा लिएर आफ्नो पार्टी अघि बढिरहेको बताएका थिए ।
सोही क्षेत्रका सांसद मेटमणी चौधरीले जिल्ला र निर्वाचन क्षेत्रको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्