Shikhar Insurance
National Life

कालंगा हाईड्रोले आईपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १५:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको छ । कम्पनीले बिहिबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच बिक्री प्रबन्धक गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीले प्रतिसेयर अङ्कित मूल्य १०० का दरले ३४ लाख ९० हजार कित्ता आईपिओ निष्कासनमा बिक्री प्रवन्धकको काम ज्योति क्यापिटलले गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कालंगा हाईड्रो लिमिटेडको रजिष्टर्ड कार्यालय, धोबिघाट , ललितपुरमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले सेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्