Shikhar Insurance
National Life

केन्याको राजधानीमा भीषण आगलागी २०० भन्दा बढी घाइते

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १२:३५
Hyundai
NCELL
NIMB

एजेन्सी । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा २ जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रबार दिएकाे छ ।

सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेख्यका छन् । “विस्फोटले आगोको ठूलो लप्काले शहरको बीचमा रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनामा समाचार तयार पार्दासम्म कम्तीमा २ व्यक्तिको मृत्यु भएको छ भने २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

“फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधनहरू र व्यावसायका लागि राखिएका समानमा थप क्षति पु¥याएको छ”, उनले भने, “घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ । घटना रातिको समय भएकोले धेरै बासिन्दा घरभित्र रहेकोले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ ।

यसअघि केन्या रेडक्रसले करिब ३०० जना घाइते भएको जानकारी दिएको थियो । घटनास्थलमा उपलब्ध एएफपीका पत्रकारका अनुसार अग्निनियन्त्रकहरूले स्थानीयसमयअनुसार बिहान ७:०० बजेसम्म आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । त्यस क्षेत्रबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको थियो ।

राजधानीको दक्षिणपूर्वी क्षेत्रमा बिहीबार राति आगलागी भएको थियो । स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको तस्बिरमा धेरै घरनजिकै ठूलो आगोको गोला देखिएको छ । एएफपीका एक पत्रकारका अनुसार धेरै घर र सवारी साधन जलेका छन् । “हामी घरमा थियौं र ठूलो विस्फोटको आवाज सुन्यौं,” आगो लागेको ठाउँको छेउछाउमा बस्ने जेम्स एनगोगेले एएफपीलाई बताए ।

उने भने, “विस्फोटका कारण आएको आवाज र ठूलो कम्पनले पूरै भवन हल्लिएको थियो, यो ढल्न लागेको जस्तो लाग्यो । सुरुमा त हामीलाई के भइरहेको छ भन्ने पनि थाहा थिएन, यो भूकम्पजस्तै थियो ।”घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए ।

सञ्चारमाध्यमले देखाएका भिडियो तथा तस्बीरमा प्रहरीले प्रभावित क्षेत्रलाई घेरेको छ तर केही मानिसहरूले आफ्ना सामानहरू सङ्कलन गरेको र क्षतिको सर्वेक्षण गरेको देख्न सकिन्छ । “घटनास्थल सुरक्षित भइसकेको छ र उद्धार र अन्य हस्तक्षेप प्रयासमा सहयोग पु¥याउन कमाण्ड सेन्टर बनाइएको छ,” मवौराले भने ।

यसअघि, सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको थियो भने ७० जना घाइते भएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्