Shikhar Insurance
National Life

‘अरुण चौधरीलाई पक्रेर सरकारले व्यवसायीको मानमर्दन गर्यो’

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उद्योग बाणिज्य संघले व्यवसायी अरुण चौधरी पक्राउ प्रकरणको बिरोध गरेको छ । संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै चौधरीलाई पक्राउ गरेर सरकारले निजी क्षेत्रको मनोबल झन गिराउने काम गरेको आरोप लगाएको हो ।

‘देशको प्रतिष्ठित उद्यमी व्यवसायी एवं सी.जी.होल्डिङ्गसका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाइ सरकारी जग्गा हडपेकोे बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्री कब्जामा राख्ने कदम सम्पूर्ण निजि क्षेत्र प्रतिको मान मर्दन गर्ने नियतवश चालिएको कदमको रुपमा महसुस भएको छ । यस घटनाको संघ आपत्ती र विरोध गर्दछ ।’ संंघले भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्ययन बिनै व्यवसायीलाई पक्राउ गरेर सरकारले व्यवसायीहरुको मानमर्दन गरेको आरोप पनि संघले लगाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ–‘कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ । विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धान बाट गलत र दोषी देखिए विवादित जग्गा कहीं नजाने र सो हकवालाले कब्जा गरी लिन दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।’

संघले लगानी गरि रोजगारी सृजना गर्ने, कर तिर्ने र स्वदेशमै केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यवसायीमाथिको धरपकडले गम्भिर चिन्ता थपेको पनि भनेको छ । ‘लगानी गरी , रोजगारी दिई , राजस्व बुझाई सम्पूर्ण सम्पत्ति देशमै राखी बस्ने , गरि खाने वर्ग माथि एउटा प्रजातान्त्रिक जनसरकारको शासनकालमा यस्तो निर्दयी प्रहारले साधारण जनता माथिको व्यवहार कस्तो सम्म होला , गम्भीर चिन्तनको विषय हो । यस्तो कदम आगामी दिनमा नहोस् भन्दै हिरासतबाट शिघ्र रिहाईको माग गर्दछौँ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्