काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ ।
दुवै विमान बिहिवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले एकैपटक दुई विमान थपेको हो ।
यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ एसियन लाइफले यतिको ४९% सेयर खरिद गरेपछि यतिले आक्रामक ब्यापार बिस्तारको रणनीति अख्तियार गरिरहेको छ । यतिले सर्वसाधारणलाई आइपिओ जारी गर्ने प्रक्रिया पनि सुरु गरेको छ ।रासस
प्रतिक्रिया दिनुहोस्