काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अरुण चौधरीलाई पक्राउ गरेर सरकारले लगानी सम्मेलनको उपहास गरेको टिप्पणी गरेका छन् ।
बासबारी जुत्ता उद्योग प्रकरणमा व्यवसायी अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष अग्रवालले भने-“देशको माटाेमा हुर्केको उद्योगी देश छोडेर भाग्ने थिएनन् । अनुसन्धानका लागि नबोलाई पक्राउ गरेको छ ।लगानी सम्मेलन अघि स्वदेशी लगानी कर्तामाथिको धरपकड गलत छ । यस्ले बिदेशी लगानी कर्ता कसरी आउछन् ?”
उनले अरुण चौधरीलाई पक्राउ गरेर सरकारले संविधानको उल्लंघन गरेको आरोप पनि लगाए । देशकै प्रतिष्ठित व्यवसायीलाई बयानका लागि नबोलाएर सिधै पक्राउ गर्नु लगानीकर्ता माथिको अन्याय भएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्