Shikhar Insurance
National Life

विराटनगर सम्म कार्गो रेल व्यवस्थापनमा कुनै समस्या छैन : समिति

सिंहदरबार संवाददाता
२०८० माघ १८, बिहीबार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । विराटनगर स्थित नेपाल कष्टम यार्ड पूर्णरुपमा तयारी अवस्थामा रहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीहरुसंग पटक पटक छलफल गरी रेल मार्फत कार्गो ल्याउन अनुरोध गरिरहेको हाे ।व्यवसायीले कार्गेा ल्याउन चाहेको खण्डमा कुनै पनि समस्या नभएकाे समितिले जानकारी गरेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालबाट जेठ १७ गते देखि २० सम्म भएको भारत भ्रमणको आवसरमा  नेपाल कष्टम यार्ड सम्म पहिलो पटक कार्गो लिएर रेल उद्घाटन  गरेका थिए । भारतका प्रधानमन्त्री र दाहाल भएर जेठ १८ गते संयुक्त रुपमा उद्घाटन गरी भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्ड सम्म पहिलो पटक कार्गो लिएर रेल आएको हो । उक्त दिनबाट कार्गेा रेल सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकास समिति, भन्सार कार्यालय तथा रेल कम्पनी तयारी अवस्थामा रहेका छन । विराटनगर स्थित नेपाल कष्टम यार्ड पूर्णरुपमा तयारी अवस्थामा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही सम्बन्धमा माघ १५ गते नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक, निर्देशक र वीरगञ्ज एकीकृत जाँच चौकीका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकाल वीच विराटनगर एकीकृत जाँच चौकीमा छलफल भएको थियो । छलफलमा हामी तयारी अवस्थामा रहेको र व्यवसायीलाई कार्गो ल्याउन थप छलफल गर्ने निर्णय भएको थियो ।

सोही सम्बन्धमा माघ १८ गते नेपाल इन्टरमोडल यातायात विकास समिति र रेल कम्पनीका प्रवन्ध निर्देशक निरञ्जन झाका वीच समितिको कार्यालय चोभारमा छलफल भएको थियो । सो छलफलमा नेपाल कष्टम यार्डमा तत्काल नेपाल इन्टरमोडल यातायात विकास समिति र रेल कम्पनीको सम्पर्क व्यक्तिलाई खटाउने निर्णय भएको छ । साथै दुवै पक्ष कार्गेा व्यवस्थापनका लागि तयारी रहेको र व्यवसायीलाई कार्गो रेल ल्याउन अनुरोध गर्ने समेत निर्णय होे ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने “हामी, भन्सार कार्यालय र रेल्वे व्यवस्थापक पूर्ण रुपमा तयार छौं, व्यवसायीले कार्गो रेल ल्याउनु प¥यो ।” व्यवसायीले ल्याएको कार्गेा नेपाल सरकारले तोकेको न्यूनतम शुल्कमा व्यवस्थापन गर्ने सम्र्पूण तयारी पुरा भइसकेको छ, कुनै समस्या हुँदैन । सुरक्षाको पनि राम्रो व्यवस्था भएको छ निर्धक्क भएर कार्गो रेल ल्याउन व्यवसायीहरुलाई अनुरोध गर्दछु । केही समस्या भए जानकारी भएमा सो को पनि उचित व्यवस्थापन गरिने छ ।

नेपालमा भएका सुक्खा बन्दरागह र एकीकृत जाँच चौकीहरु आधुनिक छन, चाहिने मेशीन, औजार, जनशक्ति सहित सुविधा सम्पन्न छन । यसको व्यवसायीले अधिकतम प्रयोग गरी समग्र आयात तथा निर्यात खर्च कम गर्नु पर्छ साथै समय पनि कम गर्नु पर्दछ । व्यापार सहजीकरण गर्न स्थापना भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले आज सम्म आइपुग्दा आफ्ना पोर्टहरुलाई सुविधा सम्पन्न बनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्