Shikhar Insurance
National Life

हिमालयन लाइफको १६औं वाषिक साधारण सभा सम्पन्न, संचालकहरु निर्विरोध निर्वाचित

सिंहदरबार संवाददाता
२०८० माघ १८, बिहीबार १७:३२
Hyundai
NCELL
NIMB
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । वार्षिक साधारण सभा साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चातको पहिलो भएको कम्पनीले जनाएको छ ।
सो साधारण सभाले संचालक समितिको आ.व. २०७८/७९ को बार्षिक प्रतिवेदन, साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक र स्वतन्त्र संचालक नियुक्तिलाई स्वीकृत तथा अनुमोदन गरेको छ ।
यसैगरी सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता, कम्पनीबाट आ.व. २०७८।७९ मा भएको खर्च अनुमोदन गरेको छ भने प्रस्तावित बिषय उपर कुनै संसोधन एवं फेरबदल गर्नु पर्ने भएमा संञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यसैगरी कम्पनीको सो साधारण सभामा संस्थापक सेयरधनी तर्फ शुलभ अग्रवाल, विवेक दुगड,सौरभ दुगड र सर्वसाधारण सेयरधनी तर्फ राजीव प्रसाद प्याकुरेल, श्रीमती प्रमिला के.सी.र सचिन आचार्य निर्विरोध निर्वाचित हुनु भएको घोषण गरियो ।
सो साधारण सभामा मन्तब्य राख्दै संचालक समितिको अध्यक्ष शुलभ अग्रवालले मर्जर पश्चात कम्पनी व्यवस्थित रुपमा अगाडि बढिरहेकोले आगामी दिनमा कम्पनीलाई अग्रणी संंस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मर्जर पश्चात कम्पनी सवल र सक्षम भएको बताउदै आगामी दिनमा सेयरधनीहरुलाई उचित लाभ प्रदान गर्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्