काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा सरकारले व्यवसायी अरुण चौधरी पक्राउको विरोधमा निजी क्षेत्र एकजुट भएको छ । चौधरी पक्राउको विषयमा व्यवसायीहरुले पुर्ण जानकारीको लागि अहिले ५:३० बजे पत्रकार सम्मेलनको आयोजना गरेकाे जानकारी दिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार विहान मात्र अरुणलाई पक्राउ गरेको थियो ।
छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।
यही घटनामा अनुसन्धानका लागि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्