काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए । उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउनु भयो । उहाँले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए ।
उनले भने, ‘चार्टड एकाउण्टेन्सहरुले जुन प्रतिक्रिया गरेका छन् । पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गरे । यो पूरा तपाईहरुले गरिदिनु भयो भने सुशासन सुनिश्चित हो । सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रसमेत हामी जुन अहिले कति औंमा छौँ भनेर आइरहेको छ । रिपोर्ट । हाम्रो ¥याङ्किङमा धेरै माथि हुन्छौँ । यति सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टड एकाउण्टेनहरुलाई प्रवेश गराउनुपर्छ । त्यसले धेरै सुधार हुन्छ भन्नुभएको छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु ।’ —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्