काठमाडौं । इण्डियन आयल कर्पोरेशनबाट जनवरी ३१ (माघ १७ गते) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल डिजेल र ग्यासको मूल्य बढेको छ ।
निगमकाे संचालक समितिको निर्णय अनुसार फेब्रुअरी १ (माघ २८ गते देखि डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्