Shikhar Insurance
National Life

नेरुडे लघुवित्तको साधारण सभा फागुन ११ गते

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १५ गते बसेको बैंठकले फागुन ११ उद्योग संगठन मोरङमा हुने १७ औँ वार्षिक साधारणमा आह्वान गरेको हो ।

उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गरेका आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछ ।संस्थाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने भएको छ भने यस वित्तिय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा सोभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियार प्रत्यायोजन गर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेरुडे लघुवित्त संस्थाले उक्त वार्षिक साधारण सभा प्रयोजनका लागि माघ २४ गते सेयरधनी दर्ता दाखिल खारेज काम बन्द गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भएका सेयरधनीहरुले सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्