काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा बन्द भएको हो ।
बुधबार ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज २९ कम्पनीको सेयर बढेको छ भने २१५ कम्पनीको घटेको छ । आज ३ कम्पनीको कम्पनीको सेयर स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्