Shikhar Insurance
National Life

कृषि विकास बैंकले ल्यायो एडीबीएल ओभरड्राफ्ट कार्ड

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १०:२७
Hyundai
NCELL
NIMB

कठमाडौं । कृषि विकास बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।

कृषि विकास बैंकमा भएको तलवी खातामा रकम मौज्दात सकिएपछि २ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा व्याज पाइने, कर्जाको सावाँ र व्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेविट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, त्तच् कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने यस सेवाका विशेषता रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी लाभान्वित हुन बैंकले तमाम ग्राहकहरुलाई आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्