मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् । कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आएपछि कांग्रेसका नेता डा कोइरालाको यो प्रतिक्रिया आएको हो ।
‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थाप्ने हो तर आफ्नो सेवा सुविधा बढाउने होइन भने । यसरी आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरुलाई मात्र आएको सन्देश जाने भएकाले लोकतन्त्रको फल नागरिकले पनि पाउनेगरी काम गर्नुपर्नेमा उनको जोड रहेको छ ।
कांग्रेस नेता डा कोइरालाले नेपाली कांग्रेस पार्टी समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताए । उनले अर्को एक प्रसङ्गमा उहाँले स्थानीय सिङ्घिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान खोजिने आश्वासन पनि दिए । विराटनगर महानगरपालिकाले जापानी सहयोग संस्था जाइकासँग गरेको सम्झौताले यस नगर क्षेत्रका नागरिकलाई स्वच्छ पानी उपलब्ध हुने विश्वास पनि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्