Shikhar Insurance
National Life

नेपाल बैंकर्स संघ र विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार १३:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघ र विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ । आर्थिक तथा वित्तीय विषयहरुमा संयुक्त अध्ययन गरी नीतिगत सुधारका कार्यहरुलाई प्राथमिकता दिनेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सीले हस्ताक्षर गरेका छन् । तथ्यांकमा आधारित अनुसन्धान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको माध्यमबाट अगाडि बढ्ने सहमतिमा सम्झौता भएको हो । साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक सिकाइलाई थप सहयोग गरी उनीहरुको क्षमता अभिवृद्धि गर्न ईन्टर्नशिपको समेत अवसर प्रदान गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सम्झौताले ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरु ऋादानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वविद्यालय र सघंले विश्वास जनाएका छन् । बैंकहरुबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकसंग सम्बन्धित नीति तथा पद्धतिमा एकरुपता कायम गर्न, एउटा साझा संस्थाको रुपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी, काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट देशमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै, अध्ययन र अनुसन्धान मार्फत शैक्षिक उद्यमको वृद्धि र विकासमा उल्लेखनीय योगदान पुर्याउँदै आएको संस्था हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्