काठमाडौं। साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो दिन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो ।
साथै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ५ रुपैयँमा कारोबार भएको महासंघले जानकारी दिएको हाे ।
प्रतिक्रिया दिनुहोस्