काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स अर्थात रेकर्ड नै रेकर्डले भरिएको नेपाली उद्योग । जसले सबैभन्दा धेरै नेपालीलाई एउटै छानामुनी रोजगारी, सर्वाधिक निर्यात, कहिल्यै बन्द हड्ताल नहुने उद्योगको रेकर्डमाथि अर्काे नयाँ रेकर्ड थपेको छ बुक बिल्डिङ आईपीओमा उच्च ‘कट अफ प्राइस’ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत माघ १० गतेदेखि आईपीओ निष्कासन खुला गरेको थियो । योग्य संस्थागत लगानीकर्ताहरुका लागि खुला गरिएको आईपीओमा ९१२ रुपैयाँ नै कट अफ प्राइस तय भएको छ । रिलायन्सले योग्य संस्थागत लगानीकर्ताहरुका लागि ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको थियो जसमा ११ लाख भन्दा बढी कित्ताका लागि आवेदन पर्यो र ९ सय १२ रुपैयाँमा नै कट अफ प्राइस तय भयो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो। अर्थात रिलायन्सको बुक बिल्डिङ आईपीओलाई योग्य संस्थागत लगानीकर्ताहरुले सर्वाधिक रुचाएर नयाँ रेकर्ड कायम गरिदिएका छन् ।
बिसं २०५० मा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स अहिले इतिहास कै राम्रो उद्योग बन्न सफल छ । रिलायन्स स्पिनिङ मिल्स उद्योग लामो समयदेखि मुलुककै ठुलो निर्यात मुलक उद्योगका रुपमा स्थापित छ । उद्योगले धागो निर्यात गर्छ भने अबका दिनहरुमा धोती, टावेल, गम्छा लगायतका सामग्रीहरु बनाउने तयारीमा रहेको छ । साथै बिद्यार्थीहरुका लागि स्विटर पनि आयात गर्नु नपर्ने, नेपालमै तयार पार्ने उद्योगका संचालक पवन गोल्याण बताउँछन् ।
नेपाली कामदारलाई बढी प्राथमिकता
रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा धेरै कर्मचारीहरुलाई रोजगार दिने उद्योग पनि हो । उद्योगले स्थापना कालदेखि नै स्वदेशी जनशक्तिको प्रयोगमा जोड दिँदै आएको थियो र त्यो नीति आज पर्यन्त कायमै छ । उद्योगले स्थापनाकालमै करिब १७ करोड रुपैयाँ खर्च गरेर नेपाली नागरिकहरुलाई सिपको तालिमसँगै रोजगारी पनि दिएको थियो ।
एकै पटक २५ सय भन्दा बढी कामदार राखेर सुरु गरेको रिलायन्स उद्योगले निरन्तर सफलता हासिल गरिरहेको छ । अहिले उद्योगमा करिब ४ हजार बढीले रोजगार प्राप्त गरिरहेका छन् ।
उद्योग परिसरमै कर्मचारीहरुका लागि सुबिधा सम्पन्न ‘लेबर कोलोनी’, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित बिशेषज्ञ डाक्टरको सुबिधा पनि उपलब्ध छ । महिलाहरुका लागि स्तनपान कक्ष, बालबालिकाहरुका लागि ‘डे केयर’ सेन्टर र कर्मचारीका छोराछोरीहरुका लागि कक्षा १२ सम्म अध्ययनको व्यवस्था पनि मिलाएको छ । कर्मचारीहरुको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै रिलायन्सले मनोसामाजिक परामर्श पनि दिने गरेको छ ।
कहिल्यै बन्द नभएको इतिहास
रिलायन्स स्पिनिङ नै एउटा त्यस्तो उद्योग हो, जहाँ कहिल्यै बन्द हड्ताल भएनन् । माओवादीको शसस्त्र द्धन्द्ध होस वा २०६२/६३ को कालखण्ड नै किन नहोस रिलायन्समा मजदुरहरुले कहिल्यै आन्दोलन गरेको रेकर्ड छैन् ।
‘कामदारहरुको मिहिनत र उद्योगप्रतिको अपनत्व भावका कारण उद्योग अहिलेसम्म बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छैन । उद्योग वर्षमा हरेक दिन खुल्ला रहन्छ भन्दा पनि फरक पर्दैन । हामीले ३६३ दिन उद्योग चलाईरहेका छौं । कामको चटारो परेमा तीन सिफ्टमा विभाजन गरेर पनि उत्पादनलाई जारी राख्छौं’, रिलायन्सका अध्यक्ष पवन गोल्याण भन्छन् ।
नेपाली कामदारहरुको उत्पादकत्व न्युन रहेको गुनासो गलत भएको गोल्याणको टिप्पणी छ । ‘विश्व कै उत्कृष्ट, क्षमतावान र अनुशासित कर्मचारीहरु रिलायन्स उद्योगमा पाईन्छ । उनीहरुको उत्पादकत्व पनि अब्बल छ ।’, गोल्याणले सुनाए ।
कोरोनामा कामसँगै दामको रेकर्ड
कोरोना महामारीको समयमा धेरै उद्योग, व्यवसायहरु बन्द गर्नु परेको थियो । त्यति बेला निम्न र मध्यम वर्गका मानिसहरुलाई रोजीरोटी गर्न समेत हम्मे हम्मे भएको थियो । कोरोनाले भन्दा भोकमरीले मृन्यु हुनेको संख्या बढी हुन पुगेको थियो । तर रिलायन्स उद्योग एक मात्र यस्तो उद्योग हो, जुन कोरोनाको समयमा पनि बन्द भएको थिएन । ‘कोरोना कालमा जम्मा २० दिन मात्र बन्द भएको थियो । उद्योगभित्रै विभिन्न स्वास्थ्य मापदण्डहरु अपनाएर, सुरक्षित टेन्ट बनाएर ९।९ सयभन्दा बढी कर्मचारी आलोपालो गर्दै उद्योग चलाएका थियौं । सबै कम्पनी बन्द भएको बेला रिलायन्सलाई भने फाईदा उठाउने मौका परेको थियो । कोरोना कालको दुई वर्षमा उद्योगले नाफाको नयाँ इतिहास कायम गरेको थियो ।’ गोल्याणले कोरोना कालको उपलब्धि सुनाए ।
महिला र फरक क्षमता भएकाहरुलाई पुनर्जन्म दिने उद्योग
उद्योग मात्र नभई धेरै जसो काममा पुरुषलाई बढी प्राथमिकता दिएको पाईन्छ । चाहे व्यवसायिक काममा होस् या अन्य कुनै । त्यसैले समाजमा महिलाहरु आथिर्क रुपले पछाडी परेका छन् । महिला मात्र हैन्, फरक क्षमता भएका नागरिक(अपाङग, कान कम सुन्ने, शारीरिक मानसिक रुपमा पीडित भएका)हरुलाई समेत रिलायन्सले कामको अवसर दिन्छ । उनीहरुबाट उद्योगले झन धेरै उत्पाकत्व पाईरहेको गोल्याणको दावी छ ।
रिलायन्सले मुक्तकमैया, कमलरीहरुलाई पनि सिप विकासको तालिमसँगै रोजगारीको अवसर दिएको छ ।
पूँजीपति र कामदारलाई एक बनाउने डोरी
रिलायन्सको कर्मचारी र लगानीकर्ताबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको छ । कामदारहरु पनि काँधमा काँध मिलाएर काम गर्छन् भने लगानीकर्ताहरु कर्मचारीको मिहिनेत अनुसार तलब दिन हिच्किचाउँदैनन् । कर्मचारीलाई नै आफ्नो उद्योगको गहना ठान्ने उद्योगी पवन गोल्याण कर्मचारीले पनि प्रतिफल प्राप्त गरिरहेको बताउँछन् ।
कहिल्यै वर्ग संघर्ष नभएको उद्योग
रिलायन्सका कर्मचारीहरु यति मिलनसार छन् कि उनीहरुले कहिल्यै उद्योगविरुद्ध हड्ताल गरेनन् । केही दिन अघि सुनसरीस्थित खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सका कामदारहरु आन्दोलनमा उत्रिए । रिलायन्स मज्दुरहरु आन्दोलनमा उत्रिनु आफैमा ऐतिहासिक घटना थियो । किनभने उद्योगको २८ बर्षभन्दा लामो इतिहासमा त्यसरी कर्मचारीहरु प्रदर्शनमा उत्रिएको नै यो पहिलो घटना थियो । तर उनीहरुले आन्दोलन आफ्ना लगानीकर्ता तथा मालिक विरुद्ध गरेका थिएनन् ।
विद्ययुत कटौती गरेर उद्योग बन्द गराउने अनि हजारौँ मजदुरहरुको रोजीरोटी खोसिदिने नेपाल विद्ययुत प्राधिकरण विरुद्ध गरेका थिए । प्राधिकरणले डेडिकेटिङ तथा ट्रंक लाइन महशुल विवादमा रिलायन्ससहितका दर्जन बढी उद्योगहरुको विद्ययुत आपूर्ति रोकिएको थियो । त्यसपछि रिलायन्सका मजदुरहरुले प्राधिकरणको कोशी प्रदेश वितरण शाखा लगायतका कार्यालय छेउछाउ धर्ना र जुलुस गरेका थिए ।
रिलायन्स नै त्यस्तो उद्योग हो, जसका मजदुरहरु मालिकका विरुद्ध आन्दोलन गर्दैनन्, बरु उद्योग बन्द हुदाँ सरकारका विरुद्ध सडकमा आउँछन् । यो पुँजीपति र मजदुर वर्गको संघर्ष अर्थात् वर्ग संघर्षको पुरानो परिभाषा बदल्ने एउटा नयाँ घटना हो, जसले पुँजीपति र मजदुरहरुलाई एउटै डुंगामा राखिदिएको छ ।
नेपाली ब्राण्ड चम्काउने योजना
गोल्याण नेपाली ब्राण्डलाई संसारभर चम्काउने योजनामा छन् । उनले बजारमा अहिले २० औं हजार पर्ने सुटका कपडाहरु चार पाँच हजारमै तयार गरि उपलब्ध गराउने योजना पनि सुनाए । ‘हामी ४/५ हजारमा सुट तयार पारेर बेच्ने तयारीमा छौं । त्यस बाहेक टर्कि र इन्डियाको निर्यातलाई अझै बढाउनेछौं । मेड इन नेपालको भ्यालु छ । चिनले दिन नसक्ने, इन्डियाले सानो आकार दिन नचाहने सामान हामी उपलब्ध गराईरहेका छौँ ।’गोल्याण भन्छन् ।
आइपिओबाट जुटेको पैसा के गर्ने ?
बुक बिल्डिङ आइपिओबाट जुटेको पैसा के गर्ने ? भन्ने प्रश्नमा गोल्याण भन्छन–‘प्रोजेक्ट विस्तार गर्ने हो, नयाँ उद्योग खोल्ने हो । झापामा उद्योग विस्तारको योजना छ ।’
प्रतिक्रिया दिनुहोस्