Shikhar Insurance
National Life

देउसी भैलोबाट सङ्कलित रकमले भवन निर्माण गर्दै डमौली टोल

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १२:४३
Hyundai
NCELL
NIMB

तनहुँ । व्यास नगरपालिका–१ स्थित डमौली टोल विकास संस्था र उज्ज्वल आमासमूहले भवन निर्माण कार्य सुरु गरेका छन् । देउसी भैलोबाट सङ्कलन भएको रकमबाट भवन निर्माण कार्य अघि बढाइएको हो ।

भवन नहुँदा टोल र समूहको बैठक तथा कार्यक्रम गर्न कठिनाइ भोग्नुपरेपछि भवन बनाउन कस्सिएको डमौली टोल विकास संस्थाका अध्यक्ष भक्त दरैले जानकारी दिए । टोल विकास संस्था र आमासमूहको संयुक्त लगानीमा भवन निर्माण कार्य अघि बढाइएको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भवन निर्माण गर्ने अठोटका साथ विभिन्न माध्यमबाट स्रोत जुटाएर दुवै संस्थाले काम गर्न लागेको उनको भनाइ छ । करिब २४ लाखमा चार आना जग्गा खरिद गरी अहिले ढलानको काम भइरहेको छ । उनका अनुसार भवन निर्माणपश्चात् संस्थाको कामकाजमा सहज हुनेछ ।

गत वर्ष नगरपालिका कार्यालयबाट भवन निर्माणका लागि १० लाख आर्थिक सहयोग गरिएको थियो । आमासमूह र टोल विकास संस्थाको गरी भवन निर्माणमा ३२ लाख खर्च हुने देखिएको छ । टोल विकास संस्थाको तुलनामा आमासमूहको लगानी बढी रहेको टोल विकास संस्थाका सचिव पदमबहादुर अधिकारीले बताए ।

१ सय १५ घर टोल विकास संस्था र आमासमूहमा आबद्ध छन् । भवन निर्माणका लागि प्रत्येक घरबाट न्यूनतम ५ हजारका दरले रकम उठाइएको छ । साविक ठूलोगाउँ टोल विकास संस्थाबाट फुटेर विसं २०७६ मा दर्ता भएपछि पहिलो निर्वाचित कार्यसमितिका पदाधिकारीबाट भवन निर्माण कार्य भएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्