काठमाडौं । माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच सम्झौता भएको छ । सम्झौता अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससि स्यान्डबक्सलाई प्रायोजन गरेको हो ।
एसएक्ससि स्यान्डबक्स एक इटि सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो जहाँ सहभागीहरूलाई सुचना तथा प्रविधि सम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गर्दछ ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससि स्यान्डबक्सलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभित्र आन्तरिक तथा ग्राहकमुखी इनोभेशन सम्बन्धी काम गर्नको लागि आवश्यक अवसर प्रदान गर्ने छ ।
बैंकले इटि विषय अध्यनरत विद्यार्र्र्थीहरुलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भुमिका खेल्न मद्दत गर्दछ । यस प्रकारको सम्झौताले माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको छ ।
प्रतिक्रिया दिनुहोस्