Shikhar Insurance
National Life

युनाइटेड अजोडले १०.८० प्रतिशत लाभांश बाढ्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स साधारण सभा बोलाएको छ । कम्पनीको ३० औँ वार्षिक साधारण सभा फागुन ६ गते अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे आव्हान गरेको हो ।

सभामा कम्पनीले सेयरधनीलाई १०.८० प्रतिशत बोनस सेयर कर प्रयोजनका सहित लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जनाको निर्वाचन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते बुक क्लोज गर्ने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्