Shikhar Insurance
National Life

एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने

सिंहदरबार संवाददाता
२०८० माघ १३, शनिबार १३:३३
Hyundai
NCELL
NIMB

एजेन्सी । युरोपेली विमान निर्माता एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर एसेम्बली लाइन निर्माण गर्ने शुक्रबार बताएको छ ।  उक्त सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका क्रममा गरिएको हो ।

स्थापना गर्न दुई वर्ष लाग्ने उक्त सुविधा भारतमा कुनै पनि निजी समूहले सञ्चालन गर्ने पहिलो यस्तो अपरेसन हुने एयरबसले बताएको छ । यसले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकहरूलाई एसेम्बल र परीक्षण गर्नेछ र भारत तथा छिमेकी मुलुकहरूमा ग्राहकहरूलाई हेलिकप्टर प्रदान गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतमा हेलिकप्टर बनाउँदा मुलुकमा हेलिकप्टरको बजारको वास्तविक क्षमता थाहा हुने एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले बताउनुभयो । एच१२५ हलुका नागरिक हेलिकप्टर हो र यसले छ जनासम्म ओसारपसार गर्न सक्नेछ ।

सन् २०२१ मा एयरबसले टाटासँग मिलेर पश्चिमी भारतीय राज्य गुजरातमा सि२९५ सैन्य यातायात विमानका लागि एसेम्बली लाइन स्थापना गर्ने निर्णय गरेको थियो । यस्तो समयमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एसिया–प्रशान्तमा धेरैभन्दा धेरै फ्रान्सेली साझेदारीमा जोड दिनुभएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्