Shikhar Insurance
National Life

वायुसेवा निगमको ‘कछुवा गति’ बढाउन सकिन : मन्त्री किराँती

सिंहदरबार संवाददाता
२०८० माघ १३, शनिबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई नयाँ गति दिन नसकेको श्विकार गरेका छन् । आज सिनामंगलमा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै किराँतीले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भए पनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको बतएका हुन् ।

‘जतिबेला म मन्त्री भएको थिएँ, अहिले एक वर्ष पनि पार भइसकेको छ, कछुवाकै गतिमा भएपनि हामी अघि बढिरहेका छौँ’ मन्त्री किराँतीले भने ।  निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको भन्दै बिस्तारै निगम माथि उठ्दै गएको अनुभुति आफुले भरेको समेत बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबैले इमान्दार भएर काम गर्ने हो भने आगामी एक वर्षमै निगमको मुहार फेरिने दाबी समेत किराँतीको रहेको छ । ‘ यो एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौंदेखि सेतो हात्तीको रुपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको शाहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको कुरा आदिले ढिलो भएपनि अघि नै बढेका छौँ भन्ने मेरो विश्वास छ ’ किराँतीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्