Shikhar Insurance
National Life

कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छ: कृषिमन्त्री भुसाल

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १५:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् । शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले बताएका हुन् ।

उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए । उनले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताए उनले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए । उनले कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए । उनले व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण किसानहरु ठगिने गरेको बताएका हुन् । उनले कृषि यान्त्रीकरणलाई इमान्दार रुपमा कृषकसमक्ष पु¥याउन जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले किसानहरु पनि ठगिने अवस्था आइरहेको हामीले देखिरहेका छौँ । अहिले हाम्रो अस्वस्थ प्रतिष्पर्धा भइरहको छ । इम्पोर्ट र डेलिभरी गर्ने र किसानलाई कतिपय ठाउँमा भिडाउने, कतिपय ठाउँमा हाम्रै सरकारी संयन्त्रहरुमार्फत गरेका कुरामा पनि ओभरसाइड एजेन्सीहरुले त्यसमा कैफियतहरु देखाएर कतिपय हाम्रो साथीहरुलाई पनि अफ्ठ्यारो परिरहेको अवस्था छ । त्यसकारण यो अस्वस्थ प्रतिष्पर्धा पनि उद्योगी, सप्लायर्सबाट हुने गरेको छ । यो कुरा हामीले बिस्तारै हटाउनुपर्छ । हामीले एग्रिकल्चर मेकनाइजेसनको सन्दर्भमा अलिकति इमान्दार तरिकाले अघि बढौँ । यसलाई  बजेटमा अनुदानका कुराहरु बढाउन र यसलाई व्यवस्थित तरिकाले अघि लैजानसक्यौँ भने किसानमाझ धेरै प्रश्तुत गर्न सक्थ्यौँ ।’

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आईतबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ। प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । —न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्