काठमाडौं । विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी टिसिएल इलेक्ट्रोनिक्स ले सिइयस २०२४ मा आफ्नो शानदार सफलता प्राप्त गर्दै विभिन्न प्रकारका उत्पादनहरूका लागि ४० भन्दा बढी प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको छ।
टिसिएलको उपलब्धिको प्रमुख कुरा ११५-इन्च क्यूएमः८९१जि क्यूडि मिनि एलइडि टिभि रह्यो, जसलाई २०२३-२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोह (जिटिबि) मा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को साथ आफ्नो नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ। एशिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टिसिएलको प्रख्याततालाई चिन्हित गर्यो।
उच्चस्तरीय टिभी, टिसिएल को स्मार्टफोन, एनएक्सटिपिएपिइआर ३.० डिस्प्ले टेक्नोलोजी सहितको ट्याब्लेट, रेन्यु एक्स टु लाईट एआर ग्लासेस, र क्यु क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा गरियो। कम्पनीले ‘२०२३-२०२४ ग्लोबल सीई ब्रान्ड्स टप १०, २०२३-२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १०,र २०२३-२०२४ ग्लोबल सीई ब्रान्ड्स टप ५०’को रूपमा चर्चा पनि हासिल गरेको छ।
सिइएस २०२४ इनोभेशन अवार्ड‘ मोबाईल डिभाईस, अस्सेसोरिस एप्स् कोटिमा टिसिएल को ४० एनएक्सटिपिएपिइआर स्मार्टफोनलाई प्रदान गरिएको थियो, जुन उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दै मानव आँखाका लागि अप्टिमेज् गरिएको संसारको पहिलो स्मार्टफोनको रूपमा मान्यता प्राप्त गर्यो। यसबाहेक, टिसिएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट धेरै वेष्ट अफ सिइएस २०२४ अवार्डहरू प्राप्त गर्यो, जसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काएको छ ।
टिसिएलको एक्स ९५५ र सि७५५ टिभि शृङ्खलाको भिजुअल अनुभवको लागि टियुभि रेन्ल्यान्ड र सि २०२४ मा २७आर८३यु ३४आर८३क्यु प्रोफेशनल मनिटर शृङ्खलाको पेन्टोनि भ्यालिडेट् रेकोनेशनका लागि प्रमाणपत्रहरू मार्फत सम्मानित गरिएको छ। विश्वव्यापी रूपमा १६० भन्दा बढी बजारहरूमा सञ्चालन गर्दै, टिसिएल इलेक्ट्रोनिक्स्ले विकास र प्रयोगकर्ता सशक्तिकरणलाई बढावा दिँदै एक अग्रणी बौद्धिक प्रविधि कम्पनीको रूपमा आफ्नो मार्गक्रम जारी राखेको छ।
टिसिएल इलेक्ट्रोनिक्सको बारेमा टिसिएल इलेक्ट्रोनिक्स एक विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड हो र टेलिभिजन उद्योगमा एक अग्रणी शक्ति हो। विश्वव्यापी १६० भन्दा बढी बजारहरूमा, टिसिएल उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरूको अनुसन्धान, विकास र निर्माणमा विशेषज्ञ छ, टिभी र अडियोदेखि लिएर घरेलु उपकरणहरू, मोबाइल उपकरणहरू, स्मार्ट श्माहरू, व्यावसायिक डिस्प्लेहरू, र थपमा विस्तृत दायरा प्रदान गर्दछ। नेपाल मा टिसिएल सामानको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ए.ओल प्रा.ली. रहेको छ ।
प्रतिक्रिया दिनुहोस्