Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकले चारवटा विकास बैंकलाई कारवाही गर्यो, कुन-कुन परे ?

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चारवटा विकास बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक लि., कर्णाली डेभलपमेन्ट बैंक लि., सिन्धु विकास बैंक लि. कारबाही गरेको हो ।

बैंकले मासिक व्याजदरअन्तर तोकिएको सिमा नाघेको, नियमावली र निर्देशनको उल्लङ्घन गरेको र कर्जा–निक्षेप अनुपात तोकिएको सीमा नाघेकोले चारवटा बैंकहरुलाई ६ पटक आर्थिक जरिवाना गराएको छ । राष्ट्र बैंकले माघ ७ गते आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा इजाजतप्राप्त “ख” बर्गका विकास बैंक, संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारवाहीको विवरण सार्वजनिक गरेको छ । बैंकका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लि., सञ्चालक समिति संस्थाले रियल स्टेट र शेयर कर्जा स्वीकृत गर्नुपूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरुको प्रयोजन नगरेको र कर्जा तिर्न ऋण रकमको प्रयोग भएको लगायतका गम्भीर प्रकृतिका कैफियतहरु देखिएकोले कारवाहीमा परेको हो । एक्सेल डेभलपमेन्ट बैंक भने प्रथम पटक कारवाहीमा परेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२(१) बमोजिम बैंकको सञ्चालकले त्यस्तो पदमा बहाल रहँदाका बखतले १ वर्ष पूरा नभई आफ्नो नामको धितोपत्र धितोबन्धक राख्न रोक लगाएको अवस्थामा कालिका लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्षले संस्थाको अध्यक्षबाट राजिनामा गरेको एक वर्ष पुरा नहुँदै निजको नाममा रहेको कर्जा नियमित गर्न शेयर धितो कर्जा दिने गरेको पाईएकाले गरिमा विकास बैंकलाई राष्ट्र बैंकले पहिलो पटक कारवाही तोकेको छ ।

त्यस्तै कर्णाली डेभलपमेन्ट बैंक लि. का तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर उल्लङ्घन गरी सर्वसाधारणको हित विपरित कार्य गरेकोमा जरिवाना तोकिएको छ । निजलाई नेपाल राष्ट्र बैंक ऐनले ५ लाख जरिबाना गरिएको छ । सोही बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष राजेन्द्र विर रायले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर उल्लङ्घन गरी लगानीकर्ताको हित विपरित कार्य गरेको र निर्देशनहरु पालना नगरेकोले रायलाई नेपाल राष्ट्र बैंकले ५ लाख जरिबाना गरिएको छ ।

सिन्धु विकास बैंक लि., सञ्चालक समितिका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र सबै सञ्चालकहरुलाई पनि विभिन्न नियमहरु नाघेवापत् राष्ट्र बैंकले कारवाही तोकेको छ । संस्थाको आन्तरिक नियन्त्रण प्रणाली कमजोर पाइएकाले नेपाल राष्ट्र बैंकले संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकहरुलाई सचेतसहित कारवाही गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्