Shikhar Insurance
National Life

सरकारले सवारी साधनको स्पष्ट नीति ल्याओस्, हामी सहयोग गर्छौ, बर्सेनि नयाँ नियम ल्याउनु भएन –चौधरी

सिंहदरबार संवाददाता
२०८० माघ ११, बिहीबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सवारी प्रदुषणको नयाँ मापदण्ड यूरो ६ कार्यान्वयनका लागि सरकारले स्थाई सवारी नीति बनाएर आए त्यसमा व्यवसायीले साथ दिने तर त्यसका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनपर्ने अटोमोबाइल एसोसियसन नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले बताएका छन् ।

अटो पत्रकार संघ (जाम)को आयोजनामा सवारी प्रदुषण मापदण्ड युरो–६ को कार्यान्वयन र समस्याको बिषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै चोधरीले उक्त कुरा बताएका हुन् । आईसीई गाडी छोडेर पछिल्लो समय विद्युतीय गाडी किन्नुपर्छ भन्ने भास्य बनाइयो तर, आईसिई इन्जिन भएका गाडी नबिकेर यो अवस्था आएको चौधरीको धारणा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नाडा युरो सिक्स बिरोधि नभएको जिकिर गर्दै चौधरीले भने ‘हामीले एउटा प्लानिङमा काम गरिरहेका हुन्छौं । सरकारले यूरो सिक्स लागू गर्ने निर्णय गरेको छ । तर, सकारले व्यवसायीलाईपनि समय दिनुपर्छ । सरकारले पाँच वर्षको योजना निकालेर नीति बनाओस् त्यसमा व्यवसायीले साथ दिन्छ’ ।

उनले थपे ‘जुनदिनबाट सूचना निस्कन्छ सो दिनबाट व्यवसायीलाई समय दिएर सरकारले सहयोग गर्नुपर्छ । यो देशमा गाडी मेकानिक्स र इन्जिनियर पलाएन भइरहेको उनको भनाई छ । ‘यूरोसिक्समा जाँदा मेकानिक्सहरु पनि तयार हुनुपर्छ । पोलुसन प्रदुषणबाट मर्नेकी आर्थिक मन्दीबाट मर्ने सरकारले ध्यान दिनुपर्छ’ करण चौधरीले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्