काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.२५ अंकले घटेर २०८८.०४ बिन्दुमा बन्द भएको हो ।
बुधबार ३११ कम्पनीको ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको छ। बुधबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, मिड सोलु हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हाे ।
साथै, आज गुँरास लघुवित्तको ६.०८ प्रतिशत, समाज लघुवित्तको ६.०८ प्रतिशत, श्रिजनशील लघुवित्तको सेयर ५.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्