काठमाडौं। लगातार चार दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । साताको चौथो कारोबारको दिन पनि छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार (आज) पनि सोहि मूल्य १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाद १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमना कारेबार भएको छ । अघिल्लो दिन प्रतितोला १ हजार १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्