Shikhar Insurance
National Life

सरकारले सङ्घीय संसद्को बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले  माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकले जापान सरकारबाट कोटेश्वर क्षेत्रको सडक पूर्वाधार निर्माण कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ ० बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिमरुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको उनले बताइन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम १० को खण्ड (क) बमोजिम डा असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्