Shikhar Insurance
National Life

काठमाडौं महलका व्यवसायीको आरोप, महानगर प्रहरीले व्यवसायीमाथि हातपात गर्यो

सिंहदरबार संवाददाता
२०८० माघ ८, सोमबार १८:३०
Hyundai
NCELL
NIMB

काठमाडौँ । काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका छन् ।सोमवार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन् ।

व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए । व्यवसायी श्रीधर पोखरेलले महानगरसँग गरेको सम्झौता सकिन एक वर्ष बाँकी रहँदै म्हानगरले बर्बरतापूर्वक व्यवसायीहरुलाई अपमान गरेको बताए । उनले महानगरले अदालतको आदेश विपरित व्यवसायीहरुमाथि धरपकड गरेको, काठमाडौं महल सञ्चयकोष भवन व्यापार संघका अध्यक्ष मिलन घिमिरेले महानगरले व्यवसायीहरुलाई आतंककारी शैलीमा धरपकड गरेको बताए । उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै अर्का व्यवसायी मुरारी कोईरालाले सञ्चयकोषको अन्तिम फ्लोरमा ७५ जना व्यवसायीहरु व्यवसाय गर्दै आइरहेको तर महानगरपालिकाले फ्टपाथ व्यापारीहरुलाई गरेको भन्दा बढी ज्यादती गरेको बताए ।

उनीहरुले महानगर र सञ्चयकोषको द्वन्द्वका कारण व्यवसायी मर्कामा परेको बताए । —न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्