Shikhar Insurance
National Life

सेयर बजारमा पहिरो, ३१ अंकले घट्यो बजार

सिंहदरबार संवाददाता
२०८० माघ ८, सोमबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दाेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको छ ।

सोमबार ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ३० हजार ३ रुपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै हिमायन रि-इन्स्योरेन्सको कारोबार भएको छ भने सबैभन्दा कम दोर्दी खोला जलविद्युत कम्पनीको कारोबार भएकाे छ । आज ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको र २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज अप्पार स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेर प्रतिकित ५ सय ५२ रुपैयाँ पुगेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्