Shikhar Insurance
National Life

बाणिज्य बैंकहरुको खराब कर्जा ४७.१२ प्रतिशतले बढ्यो, कसको कति ?

सिंहदरबार संवाददाता
२०८० माघ ८, सोमबार १३:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुको खराब कर्जा ४७.१२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको हो ।

पुस मसान्तसम्ममा ९ वटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा धेरै देखिएको छ । जसमा कुमारी बैँकको सबैभन्दा धेरै ४.९७ खराब कर्जा रहेको छ, यसको गत आवको सोही अवधीमा त्यस्तो कर्जा ३.५१ प्रतिशत थियो । त्यस्तै सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैँक रहेको छ । एभरेष्टको खराब कर्जा ०.७७ छ, जबकी यो बैंकको पनि पुस मसान्तको तुलनामा खराब कर्जा ०.५५ प्रतिशत मात्रै थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि विकास बैंक, सिद्धार्थ बैँक, नबिल बैंकको गत आवको तुलनामा खराब कर्जा घटेको छ भने अन्य बैंकको बढेको छ । कृषि विकास बैंकको खराब कर्जा ३.०२ प्रतिशत रहेको छ, यो बैंकको गत पुस मसान्तमा ४.५२ प्रतिशत थियो । कृषि विकास बैंकको गत वर्षको यसै अवधिमा खराब कर्जा ४ प्रतिशत माथि थियो भने अन्य सबै बैंकको खराब कर्जा ४ प्रतिशत तल नै थियो । यस्तै सिद्धार्थ बैंकको खराब कर्जा २.५६ प्रतिशत रहेको छ भने गत वर्षको यसै अवधिमा २.८७ प्रतिशत थियो । नबिल बैंक खराब कर्जा ३.८० प्रतिशत रहेको छ भने गत वर्षको यसै अवधिमा २.९८ प्रतिशत थियो ।

नाफामा झनै बिजोग

२० वटा बाणिज्य बैंकहरुले आधा बर्षमा जम्मा २९ अर्ब ३४ करोड रुपैयाँ मात्रै नाफा कमाएका छन् । यो नाफा यीनै बैंकहरुले अघिल्लो आवको सोही अवधीमा आर्जन गरेको भन्दा पनि ३ अर्ब ६ करोड अर्थात ९.४४ प्रतिशतले कम हो । यीनै बैंकहरुले गत आर्थिक बर्षको पुस मसान्तसम्ममा ३२ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।

पुस मसान्तसम्म आईपुग्दा यसपाली अधिकांश बाणिज्य बैंकहरुको नाफा घटेको छ भने वितरण योग्य नाफा निराशाजनक अवस्थामा देखिन्छ । अर्थतन्त्र सुधार भयो भन्ने भाष्यका बीच सार्वजनिक भएको बैंकहरुको रिपोर्टले भने सरकारलाई गिज्याईरहेको देखिन्छ ।

हेरौं कुन बैंकको खराब कर्जा कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्