काठमाडौं । एलएलजी इन्स्योरेन्स कम्पनीले ५.७८९४७ प्रतिशत हकप्रद सेयर पास गर्न साधारण बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले फागुन ३ गते १८ औं बार्षिक साधारण सभा डाक्ने निर्णय गरेको हो । कम्पनीले सो साधारण सभाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने प्रस्ताव पास गर्नेछ ।
एनएलजी इन्स्योरेन्सले हकप्रद सेयरका बिषयमा भने कुनै पनि एजेण्डा समावेश गरेको छैन् । कम्पनीले माघ २५ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्